हामीसँग जोडिनुहोस

सुरक्षाको कारण देखाउँदै कप्तानसहित १० श्रीलंकाली खेलाडीबाट पाकिस्तानमा जान अस्वीकार

1 मिनेट

२४ भाद २०७६ । सुरक्षाको कारण देखाउँदै श्रीलंका क्रिकेट टिमका १० खेलाडीहरु पाकिस्तान जान इन्कार गरेका छन् । तीन वन–डे र तीन टी–२० खेलका लागि श्रीलंकाको टोली २७ सेप्टेम्बरमा पाकिस्तान जाने भनिएको थियो । श्रीलंकाले पाकिस्तानसँग दुई टेस्ट म्याच पनि खेल्ने भनिएको थियो । यद्यपि त्यसको मिति र स्थान सार्वजनिक भइसकेको थिएन । तर श्रीलंकाको टी–२० टिमका कप्तान लासिथ मालिंगा र वन–डे टिमका कप्तान डिमुथ करुणारत्ने सहितको टोलीका सदस्यले पाकिस्तान जान इन्कार गरेका हुन् ।

श्रीलंका क्रिकेट बोर्डले पाकिस्तान जाने कि नजाने भन्ने विषयमा आफ्ना खेलाडीहरुसँग छलफल आयोजना गरेको थियो । उक्त विषयमा निर्णय गर्न स्वयं खेलाडीहरुलाई नै भनिएको थियो । त्यसपछि पाकिस्तान भ्रमणमा जाने टोलीका कप्तान थिसरा परेरासहितका १० खेलाडीहरुले पाकिस्तान नजाने निर्णय लिएको श्रीलंका क्रिकेट बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।