हामीसँग जोडिनुहोस

पार्टी एकताका बाँकी काम टुङ्ग्याउन नेकपा सचिवालय बैठक आज बस्दै

1 मिनेट

२५ भाद्र २०७६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह बस्दैछ । पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने नेकपाले जनाएको छ ।
यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भदौ ९ गते बैठक बसेको थियो ।
नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै छन् ।
दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो । प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलो पटक आज सचिवालयको बैठक बस्न लागेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।