
२५ भाद्र २०७६, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बसेको छ । बैठकमा लोक सेवा आयोग विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग विधेयक २०७५ प्रस्तुत गर्ने कार्य सूचीमा उल्लेख छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राहदानी विधेयक २ माथि पुनरविचार र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।







