हामीसँग जोडिनुहोस

पढ्दा पढ्दै विद्यालय भत्किए पछि विद्यार्थी भागाभाग

1 मिनेट

२५ भाद्र २०७६, म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । मंगलबार दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो ।
दिउँसो अचानक कक्षा ६ को कोठाको गाह्रो (पर्खाल) भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागाभाग भए पनि कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले बताउनुभयो । विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन सक्ने अवस्थामा रहेको बताइएको छ ।
कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रअ कार्कीले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।