हामीसँग जोडिनुहोस

संविधानको विरोधमा जनजाती आदिवासीः आन्दोलनको तयारीमा

1 मिनेट

२५ भाद्र २०७६ । संविधान जारी भएको दिन असोज ३ गतेलाई सरकारले हर्सोल्लासका साथ मनाउने तयारी गरिरहेका बेला आदिवासी जनजातीहरुले भने सो दिनलाई ‘कालो’ दिनका रुपमा मनाउने भएका छन् । साथै उनीहरुले संविधानको विरोधमा आन्दोलनका कार्यक्रमहरु नै घोषणा गर्ने तयारी गरेका छन् । आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरुले संविधानप्रति असहमति जनाउदै असोज ३ लाई कालो दिनका रुपमा मनाउन लागेको बताएका छन् । विरोधमा बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको आदिवासी जनजाती संघ संगठनहरुले जनाएका छन् ।
आदिवासी जनजातीहरुले संयुक्त रुपमा असोज ३ लाई कालो दिनका रुपमा मनाउन लागेको आदिबासी जनजाती महासंघका अध्यक्ष जगत बरामले बताउनुभययो । ‘विभेदकारी संविधान जारी भएको दिन असोज ३ लाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिलालगायत सम्पूर्ण बहिष्कृत–सीमान्तकृत जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र विभेद भएको दिनको रुपमा लिएको स्पष्ट छ तसर्थ, ‘असोज तीन, कालो दिन’को रुपमा लिएका छौ’ बरामले भन्नुभयो ।
उहाँले असोज ३ लाई केन्द्रीत गरेर आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिने पनि जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।