हामीसँग जोडिनुहोस

पत्रकारितालाई मर्यादित र अनुशासित बनाउनु पर्ने : सभामुख

1 मिनेट

सभामुख कृष्णबहादुर महराले पत्रकारितालाई स्वच्छ,मर्यादित र अनुशासित बनाउनु पर्ने बताएका छन् । आज संचारिका समुहको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उहांले घरलाई स्वच्छ र अनुशासित बनाउन महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै परिवर्तनको रक्षा र पत्रकारिताको गरिमालाई बचाउन पनि एक पटक महिला पत्रकारले विशेष पहल गर्ने बेला आएको बताए ।

समाज रुपान्तरण आवश्यक रहेको भन्दै सभामुख महराले त्यसका लागि नेतृत्वदायी अभियान चलाउन पनि आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति शिव गाउँले, महासंघका उपाध्यक्ष विपुल पोखरेल लगायतले सरकार पत्रकारिताको स्वतन्त्र सिमा भन्दा बाहिर जान लागेकोले निरन्तर खबरदारी आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा सञ्चारिका समुहका पूर्व अध्यक्षहरुलाई सम्मान गरिनुका साथै क्रियाशील चार पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।