हामीसँग जोडिनुहोस

केन्द्र सरकारले ल्याएको विधेयक खारेजीका लागि अदालत जान्छौं: मुख्यमन्त्री

0 मिनेट

२७ भादै २०७६ । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरि केन्द्र सरकारले ल्याएका विधेयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिनुभएको छ । हिजो रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो । राउतले संघीय सरकारले आफूलाई माथि पारेर विभिन्न ऐन, कानून तथा विधेयकहरु ल्याएकोमा तिव्र असन्तुष्टि पोख्नुभयो ।

ट्रेण्डिङ