
जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । आज शुक्रबार दिउँसो देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाई छ ।
आज राति देशभरी सामान्य बदली हुने र केही स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।






