हामीसँग जोडिनुहोस

दशैतिहारमा अपराध शून्य बनाउन प्रहरीको अभियान संचालन

1 मिनेट

३१ भाद, २०७६, भक्तपुर |  महानगरीय प्रहरी बृत्त थिमिले चोरी लगायत चाडबाडमा हुने अपराध रोक्न अभियान सुरु गरेको छ । चाडपर्व नजिक आएपछि समाजमा हुने चोरी र अन्य अपराधका घट्ना बढ्ने भएकाले यसलाई रोक्ने अडियो भिडियो सहितको नयाँ अभियान सुरु गरेको हो ।
प्रहरी बृत्त थिमिले आफ्नो क्षेत्रमा अपराध न्यूनिकरण गर्न शहरी क्षेत्रदेखि गाउँ गाउँसम्म अभियान संचालन गरेको बृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।
प्रहरी बृत्त थिमिले चाँगुनारायण नगरपालिका २ दुवाकोटमा वृहत ¥यालीसहित अडियो भिडियो प्रदर्शन गरेको छभने, सूर्यविनायक नगरपालिका १ सिरुटारमा टोलटोलमा जनचेतना र्याली सहित विरुवामा शान्ति सुरक्षा एवं डेंगु रोग नियन्त्रणबारे बृहत अन्तरक्रिया संचालन गरेको छ ।
त्यसैगरि सूर्यविनायक ४ दधिकोट गाम्चादेखि हर्षचोकसम्म र्यालीको आयोजना गरी अडियो, भिडियो प्रर्दशन गरि शान्ति सुरक्षा र डेंगुकोबारेमा जनचेतना दिएको उहाँले बताउनुभयो ।
एकसाता अघिदेखि सुरु भएको यो अभियान दशै तिहारसम्म जारी राख्ने बताउदै उहाँले यो वर्षको चाँडलाई अपराध मुक्त बनाउने लक्ष्य लिएर अभियान संचालन गरेको उहाँले बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत संचालित अभियानमा दशैतिहारमा हुनसक्ने चोरी, लागू औषध, लगायतका अपराधिक गतिविधि न्यूनिकरणका लागि स्थानीयको सहयोगमा कार्यक्रम संचालन भईरहेको डिएसपी कोईरालाले जानकारी दिनुभयो । प्रहरी बृत्त थिमिले बिभिन्न टोलटोेल, विद्यालयमा यो अभियान संचालन गरेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।