हामीसँग जोडिनुहोस

अरुण थापा गुञ्जिए भक्तपुरमा

1 मिनेट

कालजयी गीतका चर्चित गायक अरुण थापाको यो संगै १५ वटा गीत भक्तपुरमा गुञ्जियो । गायक थापाको २० औँ स्मृति दिवसको अवसरमा शुभारम्भ द म्युजिकल जर्नी, भक्तपुर सांगीतिक समाज र विनाता कला प्रतिष्ठानले भक्तपुरको सूर्यविनायकमा गरेको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा नयाँ पुस्ताले थापाको गीतलाई गाएका थिए ।

कार्यक्रममा थापाको ‘म रोए पनि’, ‘लाग्न थाल्यो जीवनमा’, ‘ऋतुहरुमा तिमी’, ‘आँखाको निद खोसी लाने’ जस्ता १५ वटा गीतहरु गाईएको थियो । बालगायक गायकहरु सर्वश्री कसपाल, गायतहरु एन्जिला श्रेष्ठ, अनिता आचार्य, नविन्द्रलाल कर्माचार्य, गंगाराम रंजितकार, विनय कोजू, बद्री नारायण तामं्राकार, रोशन धौभडेल, उत्सव नेपाल, शम्भुचरण राजभण्डारी, रोहिम धौभडेल, सुनिल लोयला, रविन थापा, सुमन रंजितकार, रोजी श्रेष्ठ र कपिल कसपालले गीतहरु गाउनु भएको थियो ।

कार्यक्रममा वरिष्ट गायक वरिष्ट गायक भूषण खरेललाई ‘अरुण थापा स्मृति सम्मान’ र बाल गायक आयुष केसीलाई ‘शुसिल चालिसे पुरस्कार’ प्रदान गरिएको छ । त्यसअवसरमा राजेशमान केसीको लोकगीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
गीतकार सुवास ढुङ्गेलले गायक अरुण थापाको स्मृतिमा लेखिएको मुक्तक वाचन गरेर सुरु भएको कार्यक्रममा गीतकार–संस्कृतिकर्मी चेतन कार्कीले छोटो जीवनमा पनि अरुण थापाले गीतसंगीतमा ठूलो योगदान दिएको बताउनुभयो । उहाँले अरुण थापाको स्वरको जादू रहेकाले उनको जीवनले अमरत्व प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा गीतकार नगेन्द्र थापाले अरुण थापाको गीतले सधै उहाँलाई जिवन्त बनाउने बताउदै सयौ पुस्तासम्म उहाँको गीत उत्तिकै चर्चित रहने बताउनुभयो । त्यस अवसरमा राजेन्द्र थापा, प्रकाश सायमी, विश्व बल्लभ, संगीतकार दीपक जंगम, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतले अरुण थापाको स्वरको मिठासले नेपाली संगीतलाई भरिलो बनाएको चर्चा गर्नुभयो । अल्बर्ट बज्राचार्यको संयोजक र प्रविण शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक थापाको गीतको बारेमा चर्चा गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।