हामीसँग जोडिनुहोस

तालिबानले ट्रम्पलाई भन्यो–वार्ताका लागि हाम्रो ढोका खुला छ

1 मिनेट

१ असाेज २०७६ । तालिबानले आफ्नो तर्फबाट वार्ताको ढोका बन्द नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ता पुनः स्थापित गर्न चाहन्छन् भने आफ्नो तर्फबाट ढोका खुला नै रहेको तालिबानले बताएको बिबिसीले उल्लेख गरेको छ ।
तालिबानको तर्फका वार्ता प्रमुख शर मोहम्मद अब्बास स्तानिक्जाइले वार्ता नै आफगानिस्तानमा शान्ति स्थापनाको एक मात्र माध्यम रहेकोमा जोड दिएका छन् । ट्रम्पले गएको हप्ता अफगान तालिबानसँगको वार्ता अन्त्य भएको बताएका थिए ।
सेप्टेम्बरको सुरुमा अमेरिका र तालिबानले विभिन्न चरणमा भएको वार्तामा सहमतिमा पुगेको र त्यसमा अन्तिम सम्झौताको तयारी भएको बताएका थिए । सो सहमतिले अफगानिस्तानमा १८ वर्षदेखि जारी हिंशा अन्त्य गर्ने अपेक्षा गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।