हामीसँग जोडिनुहोस

६३ जिल्लामास्क्रब टाइफस अहिले सम्म ३ को मृत्यु

1 मिनेट

२ असोज २०७६, काठमाडौ । अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ । कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको गएको बिहीवार मृत्यु भएको हो । यसअघि चितवनमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो ।
नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको बताए । सन् २०१९ मा ५ सय ५४ जना बिरामी भएका छन् । निधनको सङ्ख्या हेर्ने हो भने महाशाखाको अनुसार सन् २०१९ मा मात्र नेपालमा स्क्रब टाइफसबाट ३ जनाको निधन भइसकेको छ । स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा प्रदेश नं. ५ मा धेरै देखिएको महाशाखाले जनाएको छ । यो रोगको बिरामीको सङ्ख्या सबै भन्दा धेरै धादिङमा १३० र चितवनमा ५६ जनामा देखिएको महाशाखाले जनाएको छ ।

ट्रेण्डिङ