
२ असोज भाद्र २०७६ । विदेशमा रहेका नेपालीले तत्काल मताधिकार नपाउने भएका छन् । मंसिर १४ मा हुने उपनिर्वाचनका पाइलट प्रोजेक्टका रुपमा केही स्थानका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सांसदहरुले माग गरे पनि निर्वाचन आयोगले तत्काल त्यो सम्भव नहुने बताएको हो । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपालीका लागि उपनिर्वाचनमा मताधिकार व्यवस्था गर्न नसकिने जवाफ दिनुभएको हो ।






