
३ भाद्र २०७६ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणदेखि हालसम्मको जटिल उपचारमा संलग्न चिकित्सकहरूलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम श्रेणीको विभूषणबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुन लागेकामा प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाह पहिलो नम्बरमा छिन् ।
सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनेको दोस्रो नम्बरमा पर्यटन व्यवसायी स्वर्गीय आङ्छिरिङ शेर्पा र तेस्रो नम्बरमा प्रधानन्यायाधीश राणा छन् ।
महाउज्ज्वल राष्ट्रदीपबाट मरणोपरान्त साहित्यकार मदनमणि दीक्षित र तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्मानित गरिने भएको छ ।
प्रधानमन्त्रीको उपचारमा संलग्न नेसनल युनिभर्सिटी अस्पताल, सिंगापुरका डाक्टर अनन्थरमण बत्सला, डिपार्टमेन्ट अफ युरोलोजी तथा रेनल ट्रान्सप्लान्ट अस्पताल दिल्लीका अध्यक्ष प्राध्यापक डा.अनन्त कुमारको नाम सुप्रसिद्ध जनसेवा श्रीबाट विभूषित हुनेको सूचीमा छ ।






