हामीसँग जोडिनुहोस

गुल्मी अस्पताल तम्घासमा बिरामी बढ्दै : चिकित्सक घट्दै

2 मिनेट

३ असोज २०७६ । गुल्मी अस्पताल तम्घासमा बिरामीको संख्या बढ्दै गएको छ । बर्खायाम सकिएको र मौसम परिवर्तन हुने समय भएकाले बिरामीको संख्या बढ्दै गएको हो । तर, दरबन्दीनुसार चिकित्सक नहुँदा उपचारमा भने समस्या परेको छ । गुल्मी अस्पतालमा पछिल्लो दुई महिना अर्थात् साउन र भदौमा कुल ७ हजार ८०३ जना बिरामीले सेवा लिएका छन् । सेवा लिनेमध्ये अधिकांश महिला रहेका छन् । जसमध्ये ४ हजार ९२६ महिला र २ हजार ८७७ पुरुष रहेका छन् । सबैभन्दा धेरैले ओपीडी सेवा लिएका छन् । ४ हजार १८७ जना महिला तथा २ हजार २७० पुरुषले ओपीडी सेवा लिएका छन् । त्यस्तै, इमरर्जेन्सीमा १ हजार १३३ जनाले सेवा लिएका छन् । जसमध्ये ६०३ जना महिला तथा ५३० जना पुरुष रहेका जिल्ला अस्पतालका बायोमेडिकल टेक्सिनियन दीपक महतले जानकारी दिए ।
दिन प्रतिदिन अस्पतालमा बिरामीको संख्या बढ्न थाले पनि अस्पतालमा कार्यरत चिकित्सकको संख्या भने घट्दै गएको छ । भएका केही चिकित्सक पनि समायोजनपछि सरुवा भएपछि अहिले तम्घास अस्पतालमा चिकित्सकको अभाव भएको छ । अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जर्न्लिस्टदेखि अहेवसम्म कुल ४३ जना दरबन्दी छ । तर, हाल जम्मा २२ जना मात्र कार्यरत छन् । जसमध्ये पनि समायोजनले ल्याब टेक्निसियन राजकुमर चौधरीको सरुवा भएको छ । यसरी अस्पतालमा दरबन्दी संख्याको जम्मा ४८ दशमलव ८३ प्रतिशत चिकित्सक मात्र कार्यरत रहेको गुल्मी अस्पतालका सूचना अधिकारी काशिराम विकले जानकारी दिए ।
सुन्दा अचम्म लाग्न सक्छ, कुनै पनि स्वास्थ्य संस्थामा प्रमुख दरबन्दी नै रिक्त छ भनेर । तर, गुल्मी अस्पतालको यो कुनै नौलो विषय होइन । अस्पतालको ११औ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जर्न्लिस्टको दरबन्दी नै विगत धेरै वर्षदेखि रिक्त रहँदै आएको छ । तर, अस्पताल र व्यवस्थापन समितिले कुनै चासो दिएको छैन । अस्पतालमा नवौं तहका नौ जना चिकित्सकको दरबन्दी छ । तर, अहिले जम्मा एक जना मात्र कार्यरत रहेको सूचना अधिकारी विकले जानकारी दिए । अस्पतामा निमित्त प्रमुखका रूपमा मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पाच्या कार्यरत छन् । बाँकी कन्सल्टेन्ट पेडियाट्रिसियन, वरिष्ठ कन्सल्टेन्ट गाइनोलोजिस्ट, सर्जन, आर्थोपेडिक, रेडियोलोजिस्ट, साइक्याट्रिक, एनेस्थेसियोलोजिस्ट र वरिष्ठ कन्सल्टेन्ट फिजिसियनको दरबन्दी रिक्त रहेको अस्पतालले जनाएको छ । त्यस्तै, आठौं तहका कुल पाँच जना चिकित्सकको दरबन्दी रहेकोमा चार जना कार्यरत छन् भने एक जनाको दरबन्दी रिक्त रहेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै करारमा कर्मचारी छनोटको प्रक्रिया सुरु गरिएको बताए । ‘कर्मचारी पठाउने निकाय संघीय स्वास्थ्य मन्त्रालय हो, तर डाक्टर आउने कुनै निश्चित भएन,’ उनले भने, ‘तत्कालका लागि करारमा कर्मचारी छनोट गर्दै छौं ।’ उनले अस्पताल ५० शøयाको भए पनि चिकित्सकहरू लामो समयसम्म नबसेका कारण समस्या भएको बताए । अस्पतालले अहिले कुल १५ कर्मचारी करारमा नियुक्त गर्दै छ । जसमध्ये अनमी ३, स्टाफ नर्स ६ जना, ल्याब टेक्निसियन २ जना तथा सहायक कम्युटर अपरेटर, नर्सिङ अधिकृत, ल्याब एसिस्टेन्ट र मेडिकल ल्याब टेक्नोलोजिस्ट एक–एक जना करारमा छनोट हुने अस्पतालले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।