३ भाद्र २०७६ । संयुक्त राष्ट्रसंघका अनुसन्धाताले म्यानमारको रखाइन राज्यमा बचेका रोहिंग्या नरसंहारको गम्भीर जोखिममा रहेको बताएका छन्। यसअघि नै देशनिकाला गरिएका दश लाखको अवस्था पनि दयनिय रहेको उनीहरूले चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघको ’फ्याक्ट फाइन्डिङ मिसन’ले सोमबार एउटा प्रतिवेदन सार्वजनिक गर्दै म्यानमारका शीर्ष सेना अधिकारी विशेष गरि सेना प्रमुख मिन अङ ह्लाइङलाई रोहिंग्याविरूद्ध भएका हत्या, सामुहिक बलात्कार र आगजनीको मुद्दाको सामना गर्न आह्वान गरेको छ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्ले मार्च २०१७ मा गठन गरेको मिसनले नरसंहार भनि अघिल्लो वर्ष निकालेको निष्कर्षलाई यसपटक पनि दोर्होयाएको छ। करिब ६ लाख रोहिंग्या रखाइन राज्यमा खेदजनक अवस्थामा बसिरहेको प्रतिवेदनमा भनिएको छ। उनीहरूलाई यताउता जान प्रतिबन्ध लगाइएको छ जसले उनीहरूको जीवनको हरेक पक्षमा प्रभाव पारेको छ।
म्यानमार सेना र अन्य सरकारी निकायले ’हत्या, बलात्कार र सामुहिक बलात्कार, यातना, जबरजस्ती विस्थापन र मानवअधिकारका अन्य गम्भीर उल्लंघनका घटनामा योगदान’ अझै र्पुयाइरहेको प्रतिवेदनमा उल्लेख छ।
’म्यानमारले नरसंहार उक्साइरहेको छ र रोहिंग्या नरसंहारको गम्भीर जोखिमा छ,’ संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्, जेनिभामा प्रस्तुत हुने उक्त प्रतिवेदनमा भनिएको छ।
म्यानमारले संयुक्त राष्ट्रसंघका अनुसन्धाताको सन् २०१८ को निष्कर्षलाई अस्वीकार गर्दै आएको छ। पछिल्लो प्रतिवेदनबारे प्रतिक्रिया पनि दिएको छैन। अगष्ट २०१७ मा सरकार र अन्य समूहको हिंसात्मक आक्रमणका कारण करिब सात लाख ४० रोहिंग्या रखाइनबाट बंगलादेश भागे।
उनीहरूले बलात्कार, हत्या र यातना दिएको आरोप पनि लगाएका छन्। यसअघि पनि दक्षिण बंगलादेशमा करिब तीन लाख रोहिंग्या बसेका थिए। अहिले यो नै विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर बनेको छ।
Related
अन्य समाचार
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ३ लाख नाघ्यो
-
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
-
आज International Day of Human Space Flight विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

1 मिनेट