हामीसँग जोडिनुहोस

अहिले सिंहदरबारले भक्तपुरलाई खोजिरहेको छ: सांसद बस्नेत

2 मिनेट

३ असोज २०७६,भक्तपुर । प्रतिनिधिसभा सांसद महेश बस्नेतले विकासका लागि सिंहदरबारले भक्तपुरलाई खोजिरहेको बताउनुभएको छ । सर्वश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै सांसद बस्नेतले कुनै समय सिंहदरबारले भक्तपुरलाई नचिन्ने अवस्था रहेपनि आफुले चुनाव जितेर प्रतिनिधिसभामा प्रवेश गरेसँगै अहिले भक्तपुरमा विकासको लहर आएको दावी गर्नुभयो ।
उहाँले प्रतिनिधिसभाको दुई बर्षको अवधिमध्ये पहिलो बर्ष आधार बर्षका रुपमा मनाएको उल्लेख गर्दै अबको बर्ष समृद्धिको बर्ष भएको बताउनुभयो । सांसद बस्नेतले निर्वाचन पछिको एक बर्षमा सरकारले २ सय वटा कानुन निर्मा गरिसकेको बताउनुभयो ।
उहाँले भक्तपुरको नेपाल मजदुर किसान पार्टीलाई शुभकामना दिदैं भन्नुभयो, ‘भक्तपुरका मात्र जनताले चिनेको नेपाल मजदुर किसान पार्टीलाई भक्तपुरको सांसदको तर्फबाट मेरो शुभकामना छ । यहाँको पार्टी भएकाले भक्तपुरको विकासका लागि सोच्न समेत अनुरोध गर्दछु । विकासको बाधकका रुपमा भन्दा विकासको सहयोगी बन्न सक्नुहोस् भन्ने शुभकामना छ ।’
सांसद बस्नेतले नेमकिपाका सिमित कार्यकर्ताको बिरोधका बाबजुद पनि सुर्यविनायकको नलिन्चोकमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाएरै छोड्ने चेतावनी दिनुभयो ।


सर्बश्री साकोसका अध्यक्ष श्रीकृष्ण केसीको सभापतित्वमा सम्पन्न साधारणसभामा सुर्यविनायक नगरपालिका ६ र ७ नं. वडाका अध्यक्षद्धय रामेश्वर ध्वजु, रविन्द्र सापकोटा, संस्थाका सल्लाहकार दिपेन्द्रराज खत्रीलगायतले सबश्रीले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
साधारणसभाले सचिव बिष्णुप्रसाद बजगाईद्धारा प्रस्तुत प्रगती तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रुपेश सुवालद्धारा प्रस्तुत आर्थिक तथा अनुमानित बजेट पारित गरेको छ । ३१ सय ६५ सदस्य रहेको संस्थाको १ करोड ४७ लाख ७० हजार शेयर पूँजी, ८ करोड ५४ लाख बचत संकलन भई ८ करोड ६५ लाख ४६ हजार रुपैयाँ कर्जा लगानी भएको संस्थाका अध्यक्ष श्री कृष्ण केसीले जानकारी दिनुभयो । संस्थाले आ.ब. ०७५÷०७६ मा १३ लाख ६३ खुद बचत गर्न सफल भएको संस्थाका व्यवस्थापक हिरालक्ष्मी कोजुले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।