हामीसँग जोडिनुहोस

नेमकिपाको सातौँ महाधिवेशन बिजुक्छेद्धारा उद्घाटन (फोटोसहित र भिडियो सहित)

2 मिनेट

३ असोज २०७६, भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौँ महाविधेशन आजबाट सुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आज महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएको भन्दै सरकारले आफुलाई सुधार्नु आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको बताउनुभयो । अध्यक्ष बिजुक्छेले बेरोजगारीको समस्याका कारण विदेशिनेको संख्या दिन प्रतिदिन बढिरहेको भन्दै यसलाई रोक्न नसक्नु सरकारको असफलता रहेको उल्लेख गर्नुभयो ।
उहाँले क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्य हुन नसक्ने भन्दै नीति, व्यवहार र चरित्रले कम्युनिष्ट बनेर देखाउन चेतावनी दिनुभयो । उहाँले नेपाल भारतको चंगुलमा फस्दै गएको बताउदै देश र जनताको पक्षमा कुनै पनि सरकारले काम गर्न नसकेको उल्लेख गर्नुभयो ।

भिडियाे

कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सिन्दुरसंग नागरिकता विद्येयक पारित गर्न नहुने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
यसअघि आजै भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरि तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ विशाल र्याली प्रर्दशन भएका थिए ।
यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाण्डौं खुल्ला मञ्चमा छैंठौ महाधिवेशन गरिएको थियो । पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुदै आउनु भएको छ । हाल २५ सदस्यीय केन्द्रीय समिति रहेको नेमकिपामा सातौ महाधिवेशनले विधान संशोधन सहित बिभिन्न दस्तावेजहरु पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताईएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।