
काठमाडौँ, २७ भदौ ।
फ्रान्सका विदेशमन्त्री ज्या य्वेस ले ड्रियानले तालिबानको नयाँ सरकारलाई मान्यता नदिने बताउनुभएको छ । उहाँले तालिबानले झुठ बोलेको भन्दै तालिबानी सत्तालाई फ्रान्सले मान्यता नदिने बताउनुभएको हो । आइतबार कतारमा अफगानिस्तानबाट थप मानिसहरु बाहिर निकाल्ने विषयमा छलफल हुँदैछ । उहाँले फ्रान्सले तालिबान सरकारलाई मान्यता नदिने र कुनै सम्बन्ध पनि नराख्ने स्पष्ट पार्नुभएको छ । तालिबानले सहायता पाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नका लागि केही कदम चाल्न आवश्यक रहेको पनि उहाँको भनाई थियो । फ्रान्सले अफगानिस्तानबाट करिब ३ हजार मानिसलाई सुरक्षित फिर्ता लगेको थियो । उहाँले अफगानिस्तानमा अझै पनि केही फ्रान्सेली नागरिक र फ्रान्ससँग जोडिएका अफगान नागरिक रहेको उल्लेख गर्नुभएको छ ।एजेन्सी ।