
काठमाडौँ,२७ भदौ ।
नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजेका लागि बोलाइएको हो । संसद बैठक दिउँसो १ बजे बस्दैछ । संसदमा मर्यादित र अनुशासित भएर विरोधमा उत्रिन दलका नेता केपी शर्मा ओलीले आफ्ना सांसदलाई निर्देशन दिने जनाइएको छ ।
भदौ २३ गतेदेखि संसद अधिवेशन सुरु भएको हो । अधिवेशन सुरु भएदेखि नै एमालेले अवरोध गर्दै आएको छ । एमाले सांसदहरु आक्रामक र अमर्यादित रुपमा विरोधमा उत्रिँदा आलोचना पनि भइरहेको छ ।