
काठमाडौं, २८ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपालका कम्युनिस्ट पार्टीहरू विदेशी शक्तिसामु लम्पसार परेको दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताउनुभएको हो ।
नेपालका कम्युनिस्ट पार्टीहरूमा चरम गुटबन्दी, अवसरवाद र अहंकारी प्रवृत्ति देखिएकाले यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरूले क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने नेपालको भनाइ रहेको छ । नेता नेपालले नेपालमा कम्युनिस्ट पार्टीले नै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्ने र त्यसको नेतृत्व आफ्नै पार्टीले गर्ने स्पष्ट पार्नुभएको थियो ।

Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





