
काठमाडौं, २८ भदौ ।
आज सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुने भएको छ। सर्वोच्च अदालतले आज दिँउसो २ बजे बार–बेञ्च समन्वय समितिको बैठक डाकेको हो ।
प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश र मुख्य रजिष्ट्रार रहने समितिमा नेपाल बार एशोसिएसनका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल र शम्भु थापा र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य हुनुहुन्छ। समितिमा महान्यायाधिवक्ता पनि रहने बताइएको छ ।
विचाराधीन विषय भएकाले संवैधानिक इजलासमा रहेका मुद्दाको विषयवस्तुमा केन्द्रित भएर प्रत्यक्ष रुपमा छलफल भने हुन नसक्ने स्रोतको भनाइ रहेको छ ।