
काठमाडौँ : काठमाडौँ उपत्यकामा फोटोग्राफी क्षेत्रमा आवद्ध व्यवसायीहरुको छाता संगठन काठमाडौँ फोटोग्राफर संघको तेह्रौँ साधारण सभा तथा सातौँ महाधवेसन काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष मोतिबहादुर बोगटिको सभापतित्वमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
मञ्जु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्षहरु लगायत फोटोग्राफी व्यवसाय र फोटोग्राफीसँग सम्बिन्धित व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो। उक्त कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य फोटोग्राफर तथा महिला फोटोग्राफरलाई सम्मान गरिएको थियो ।
यस कार्यक्रममा काठमाडौँ, ललितपुर तथा भक्तपुरमा फोटोग्राफी व्यवसाय सञ्चालन गर्ने फोटोग्राफरहरुको उल्लेखनिय सहभागिता रहेको थियो। निर्वाचन मण्डलको भुमिकामा वरिष्ठ फोटोग्राफर तथा काठमाडौँ फोटोग्राफर संघका सल्लाहकार रत्नमान आसु, राजभाई सुवाल तथा वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेतले निर्वाह गर्नुभएको थियो। निर्वाचन प्रकृयामा पनि फोटोग्राफरहरुको उल्लेखनिय सहभागिता रहेको थियो।
संघको नयाँ कार्यसमितिमा निर्विरोध रुपमा हरि प्रसाद घिमिरे सचिव, झक्कु रोक्का कोषाध्यक्ष तथा राधिका काफले महिला सदस्यमा निर्वाचित हुनुभयो भने अन्य पदहरुको लागि मतदान भएको थियो। निर्वाचन पश्चात अध्यक्षमा डिगम्बर राजवंशी, उपाधक्षमा भोला काफ्ले र सहसचिवमा रेशमराज पण्डित विजयी हुनुभयो। यस्तै सदस्यहरुमा आनन्द प्रभाकर घिमिरे, किरण श्रेष्ठ, सानुकाजी मर्हजन, नन्दु श्रेष्ठ, खड्ग बहादुर राजवंशी, तारा बहादुर न्यौपाने,अमृत श्रेष्ठ, शुशिल ज्ञवाली, हरि ज्ञवाली, रुपेश थापा तथा किशोर रिजाल निर्वाचित हुनुभयो।