
काठमाडौँ, २८ भदौ ।
आजबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ पछि सुरु हुनेछ । नेपालले ओमान भ्राणमा लक्ष्य चार खेलमा शतप्रतिशत जितका साथ ८ अंक बटुल्नेछ । विश्वकप लिग २ आईसीसी एकदिवसीय विश्वकप २०२३ मा हुने विश्वकप छनोट यात्रा हो । नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यु गरेको थियो । नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडीआई खेल खेल्ने छन् । एजेन्सी ।