हामीसँग जोडिनुहोस

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

1 मिनेट

काठमाडौँ, २८ भदौ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । दिउँसो २ः३० बजेका लागि बोलाइएको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओली नजाने हुनुभएको छ । सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी हिजो नै बालकोट पुगिसकेको छ । ओलीले बैठकमा आफू नजाने बताइसकेको स्रोत बताउँछ । ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले भने बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व हुने बताउनुभएको छ । एमालेले लगातार प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक डाक्नुभएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गरेका दललाई बोलाइएको छ । यता, एमाले मुख्य सचेतक विशाल भट्राईले बैठकमा जाने–नजाने टुंगो भइनसकेको बताउँनुभएको छ । सिंहदरबारमा त्यसबारेमा छलफल हुन लागेको उहाँले बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।