
काठमाडौँ, २८ भदौ ।
दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती गाउँपालिका ८ पिपरीका १८ वर्षीय आशिष चौधरीको बबई डुबेर मृत्यु भएको हो । साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।