हामीसँग जोडिनुहोस
Latest
बुधबार, माघ ८, २०८२

संवैधानिक इजलास गठनमा देखिएको विवाद समाधानका लागि छलफल हुँदै

1 मिनेट

काठमाडौँ, २८ भदौ ।
संवैधानिक इजलास गठनमा देखिएको विवाद समाधानका लागि आज सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बार(बेञ्च समन्वय समितिको बैठक आह्वान गर्नुभएको छ । बार(बेञ्च समन्वय समितिले न्याय प्रशासन र कानुन व्यवसायीबीचको समन्वय र समस्या समाधान गर्ने काम गर्छ । समितिमा प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश, मुख्य रजिष्ट्रार, महान्यायाधिवक्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वअध्यक्षहरू हरिहर दाहाल, शम्भु थापा र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य सदस्य छन् । आजको बैठकमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनसक्ने ठानिएको छ । उक्त समितिले न्यायालयमा कायम विकृति हटाउन सिफारिस गरेको थियो ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ ।संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश राणा आफैँले विपक्षी भएको मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीको मागपछि उनले अलग हुने निर्णय गरेका थिए । तर, संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति अनिवार्य हुने संवैधानिक प्राबधानलाई उल्लंघन गर्न नहुने भन्दै कयौँ कानुन व्यवसायीको मत छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।