
काठमाडौँ, २८ भदौ ।

बागमती सरकार परिवर्तनको लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन सुरु गरेको हो । नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले सरकार परिवर्तनको गतिविधि सुरु गरेको हो । मुख्यमन्त्रीले अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरकार परिवर्तनको लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लगायतका सत्ता परिवर्तनको दलहरूको गृहकार्य सुरु गर्नुभएको हो ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





