
काठमाडौँ, २८ भदौ ।
कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तान भ्रमणमा जानु भएको छ । उहाँ अफगानिस्तानको राजधानी पुग्नु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानको कब्जामा आएपछि वरिष्ठ विदेशी प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको यो पहिलो पटक हो । कतारका विदेश मन्त्रीले तालिबानसँगै पूर्व राष्ट्रपति हामिद कारजाइ र पूर्व सीईओ अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेको तस्बिर सार्वजनिक भएको छ । तालिबानसँगको भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायत विषयमा छलफल भएको खबरमा उल्लेख छ । कतारले यसअघि अमेरिका र तालिबानबीच शान्तिवार्ताका लागि मध्यस्तकर्ताको भूमिका निभाएको थियो ।एजेन्सी ।