
काठमाडौँ, २८ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध जारी राखेको छ । आज बैठक सुरु भएपछि एमालेका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर विरोध जनाएको हो । एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद अवरोध गरिरहेको जनाइएको छ । एमाले विभाजनमा सभामुखको भूमिका रहेको आरोप छ । यही विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरोध गरिएको जनाइएको छ । एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेपछि सभाअध्यक्ष गणेश तिम्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।