हामीसँग जोडिनुहोस

अमेरिकाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

1 मिनेट

काठमाडौँ, २८ भदौ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग टस हारेर बलिङ गर्दैछ। टोलीमा कुनै परिवर्तन छैन। यसअघि ओमानविरुद्धको दोस्रो खेलमा खेलेको नेपाली खेलाडीहरुले नै यस खेलमा पनि खेल्दैछन। नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ सेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, विक्रम सोब र सुशन भारी छन्। । नेपालसँगको खेलअघि अमेरिकालाई ठुलो झड्का लागेको छ। अमेरिकामा मध्यक्रमका ब्याट्सम्यान आरोन जोन्स र तीव्र गतिका बलर जेसी सिंह चोटका कारण सिरिजबाट बाहिरिएका छन्। । अमेरिकाले सिंहको स्थानमा तीव्र गतिका बलर काइल फिलिपलाई तथा जोन्सको ठाउँमा युवा अलराउन्डर सन्जय कृष्णमुर्तीलाई टोलीमा समेटेको छ। नेपाल र अमेरिका दुवैले सिरिजअघि पपुवा न्युगिनी ९पीएनजी० सँग खेलेका थिए। दुवै टोलीले पीएनजीविरुद्ध जित हासिल गरेका थिए। नेपालले अमेरिकासँग १९ महिनाअघि घरेलु मैदानमा खेलेको थियो। त्रिकोणात्मक सिरिजअन्तर्गत नै सन् २०२० फेब्रुअरीमा भएको भेटमा नेपालले अमेरिकालाई ओडीआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो। अमेरिका त्यो हारको बदला दिने दाउमा हुँदा नेपाली टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ। हेड टु हेड नेपाल र अमेरिकाबीच हालसम्म दुई ओडीआई खेलमा भेट भएको छ। दुवै खेल नेपालले आफ्ना पक्षमा पारेको छ। नेपालको घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले हराएको थियो। एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।