
काठमाडौँ, २८ भदौ ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ३२ पीसीआर परीक्षणमा १ हजार १ सय४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय ६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १ हजार ६ सय ७२ जना संस्थागत आइसोलेसनमा छन् ।