
काठमाडौँ, २८ भदौ ।
कोभिड १९ विरुद्धको थप ४४ लाख डोज खोप यो साताभित्र नेपाल आइपुग्ने भएको छ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप बिहीबार ल्याइने स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यसका लागि नेपाल वायुसेवा विगमको जहाज यही भदौ ३० गते चीन जान लागेको छ । र, ३१ गते खोप ल्याएर फर्किने कार्यतालिका रहेको छ ।