हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ४६ लाख नाघ्यो

1 मिनेट

काठमाडौं, २९ भदौ ।
विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ४० हजार ७ सय ८२ जना संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २२ करोड ६० लाख ८४ हजार ५ सय ७७ पुगेको छ । विश्वभर २० करोड २७ लाख बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ९३ हजार ७ सय ४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड २७ लाख ९ हजार ९८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ लाख ५२ हजार २ सय ६९ पुगेको छ ।

ट्रेण्डिङ