
काठमाडौं, २९ भदौ ।
बनाएको सडक एक महिना पनि नहुँदै भत्किएको भन्दै चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा स्थानीयले अबरुद्ध गरेको राजमार्ग खुलेको छ । समस्याको विषयमा छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने सहमति भएपछि राजमार्ग खुलेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार स्थानीयले ड्रम र टायर राखेर आज बिहान ८ बजेबाट राजमार्ग अबरुद्ध पारेका थिए ।
राजमार्ग बन्द हुँदा चितवनतर्फ आउने र हेटौंडा भएर जाने सवारी साधानहरु बीच बाटोमा नै रोकिएका थिए । लोथरखण्डको चितवन र मकवानपुर दुवैतर्फ राजमार्ग बिग्रिएको छ । मकवानपुरको लोथरखण्डमा बिगिएको सडक गत असारमा बने पनि अहिले पुनः बिग्रिएको छ । चितवनतर्फको लोथरखण्डमा भने बिग्रिएको सडक बनाइएकै छैन ।

Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





