हामीसँग जोडिनुहोस

चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा स्थानीयले बन्द गराएको राजमार्ग खुल्यो

1 मिनेट

काठमाडौं, २९ भदौ ।
बनाएको सडक एक महिना पनि नहुँदै भत्किएको भन्दै चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा स्थानीयले अबरुद्ध गरेको राजमार्ग खुलेको छ । समस्याको विषयमा छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने सहमति भएपछि राजमार्ग खुलेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार स्थानीयले ड्रम र टायर राखेर आज बिहान ८ बजेबाट राजमार्ग अबरुद्ध पारेका थिए ।
राजमार्ग बन्द हुँदा चितवनतर्फ आउने र हेटौंडा भएर जाने सवारी साधानहरु बीच बाटोमा नै रोकिएका थिए । लोथरखण्डको चितवन र मकवानपुर दुवैतर्फ राजमार्ग बिग्रिएको छ । मकवानपुरको लोथरखण्डमा बिगिएको सडक गत असारमा बने पनि अहिले पुनः बिग्रिएको छ । चितवनतर्फको लोथरखण्डमा भने बिग्रिएको सडक बनाइएकै छैन ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।