हामीसँग जोडिनुहोस

इंग्लिस प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो फुटबलमा एभर्टन विजयी

1 मिनेट

काठमाडौं, २९ भदौ ।
इंग्लिस प्रिमियर लीग फूटबलमा एभर्टन विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा एभर्टनले बर्नलीलाई ३—१ गोलले हराएको हो । एभर्टनको घरेलु मैदान गुडसिन पार्कमा बर्नलीले ५३ औं मिनेटमा बेन मिको गोलबाट अग्रता लिएको थियो । तर त्यसपछि एभर्टनले लगातार तीन गोल थपेको थियो । उसका लागि ६०औं मिनेटमा माइकेन केन, ६५औं मिनेटमा एन्ड्रोस टाउनसेन्ड्स र ६६औं मिनेटमा डेमिराई ग्रेले गोल थपेका थिए ।
एभर्टन ४ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । उता शीर्ष स्थानमा रहेका म्यानचेष्टर युनाइटेड, दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलको पनि समान चार खेलबाट १० अंक नै छ । एजेन्सी ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।