हामीसँग जोडिनुहोस

स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल बेटिस र इल्चे विजयी

1 मिनेट

काठमाडौँ, २९ भदौ ।
स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन् । रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २(१ गोलले हरायो । अर्को खेलमा इल्चेले गेटाफेमाथि १(० गोलको कठिन जित निकाल्यो । जारी सिजन दुवै टिमको यो पहिलो जित हो । रियल बेटिसको जितमा रोड्री र सर्जियो कानालेसले गोल गरे । ग्रानाडाका लुइस सुवारेजले सान्त्वना गोल गरेका थिए । जितपछि बेटिस ४ खेलबाट ५ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । पराजित ग्रानाडा २ अंकसहित १७औं स्थानमा छ । यसैगरी अर्को खेलमा इल्चेलाई जिताउन लुकास पेरेजले एक मात्र गोल गरे । लुकासले ६९औं मिनेटमा जोहन मोजिकाको पासमा गोल गरेका थिए । जितपछि चार खेलबाट पाँच अंक जोडेको इल्चे १०औं स्थानमा छ । पराजित गेटाफे चार खेलमा अंकविहीन बन्दै १९औं स्थानमा छ । लिगमा रियल मड्रिड १० अंकसहित शीर्ष स्थानमा छ । समान १० अंक जोडेको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । एजेन्सी ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।