हामीसँग जोडिनुहोस

विश्वमा अत्यधिक गर्मी दिनहरुको संख्या सन् १९८० को दशकयाता दोब्बर

1 मिनेट

काठमाडौँ, २९ भदौ ।
विश्वमा अत्यधिक गर्मी दिनहरुको संख्या सन् १९८० को दशकयाता दोब्बर भएको पाइएको छ । बिबिसीले गरेको विश्लेषणमा विश्वमा ५० डिग्रिसेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको हो । यस्तै अत्यधिक तापक्रम मापन हुने क्षेत्रहरु पनि बढेका छन् । बढ्दो तापक्रमले मानवस्वास्थ्य र जीवनशैलीमा गम्भीर चुनौती खडा गरेको छ ।सन् १९८० यता हरेक दशकमा ५० डिग्रिसेल्सियस भन्दामाथि तापक्रम भएका दिनहरुको संख्या बढ्दै गएको देखिएको छ ।सन् १९८० देखि २००९ को बिचमा औसतमा ५० डिग्रिसेल्सियस भन्दा माथिको तापक्रम भएका दिनहरुको संख्या वर्षको १४ दिन थियो । यो संख्या सन् २०१० देखि २०१९ को दशकमा बढेर २६ दिन पुगेको छ । यस्तै ४५ डिग्री वा त्यो भन्दामाथि तापक्रम हरेक वर्ष औसतमा दुई हप्ताले थपिएको छ । अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको इन्भाइरोमेन्टल चेन्ज इन्स्टिच्यूडका एसोसिएट डिरेक्टर डा। फ्रेइडेरिक ओटोका अनुसार जीवाष्म इन्धनका कारण तापक्रम वृद्धिमा शतप्रतिशत असर परेको हो । विश्वव्यापी रुपमा नै तापक्रम वृद्धि भइरहेको अवस्थामा अत्यधिक गर्मी थप सघन र बारम्बार बनेको छ । उच्च तापक्रम मानव स्वास्थ्य र प्रकृतिका लागि घातक हुन सक्छ । यस्तै भवन, बाटो तथा इन्धन प्रणालीमा यसको सीधा असर पर्छ । ५० डिग्री वा त्यो भन्दामाथिको तापक्रम मध्यपूर्व र गल्फ क्षेत्रमा बढी मापन भएको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।