काठमाडौं, २० चैत्र ।
पछिल्लो २४ घण्टामा १ हजार ६२ जनाको एन्टिजेन परीक्षण गर्दा शून्य संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टिजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा कोरोनाबाट ६६ जना निको भएका छन् भने हाल देशभर ८ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८ सय ५८ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन्।