हामीसँग जोडिनुहोस

३ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

1 मिनेट

काठमाडौं, २० चैत्र ।
भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलुका काठमाण्डौ फर्कनुभएको छ । देउवा नेपाल एअरलाइन्सको जहाजबाट काठमाण्डौ फर्कनुभएको हो । उहाँलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् ।
गएको शुक्रवार भारत जानुभएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता भएको छ । देउवाले सीमा विवादको कुरा पनि मोदीसँग उठाउनुभएको छ । यस विषयमा मोदीले प्रतिक्रिया नदिए पनि भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ । देउवा र मोदीले जनकपुर–जयनगर रेल र सोलु कोरिडोर विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज धार्मिक नगरी वाराणसी पुगेर पूजाआजा गर्नुभएको छ । बिहान वाराणसी पुग्नुभएका देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको थियो । त्यसपछि देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाआजा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले वाराणसीकै ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण हुने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभयो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालबाट तीर्थयात्रामा पुग्नेहरूका लागि ३५ कोठे वृद्धाश्रम निर्माण गर्न लागिएको हो । नेपाली शैलीको हुने भवनको पुरातत्त्व विभागले नक्साङ्कनको काम गरिरहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।