हामीसँग जोडिनुहोस

१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि टाइफाइडविरुद्को खोप दिइने

1 मिनेट

काठमाडौ, २१ चैत्र ।

१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘राष्ट्रिय खोप सल्लाहकार समितिले करिब दुई वर्षअघि नै टाइफाइडविरुद्घको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।’ विश्व स्वास्थ्य संगठन डब्लूएचओले ६ वर्षअघि नै टाइफाइड देखिने मुलुकलाई नियमित खोप कार्यक्रममा यसलाई समावेश गर्न आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका मुलुकभरमा ७४ लाख १५ हजार १ सय ६३ जना छन् । सबैभन्दा बढी मधेस प्रदेशमा १७ लाख ८७ हजार ८ सय ६५ जना र सबैभन्दा कम कर्णालीमा ५ लाख ३ हजार ९ सय ९५ जना छन् । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा बर्सेनि करिब ४ लाख ५० हजार जना टाइफाइडबाट संक्रमित हुने गरेका छन् । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख दाहालका अनुसार पाटन एकेडमी अफ हेल्थ साइन्सेजले गरेको एक अध्ययनमा प्रति १ लाख जनसंख्यामा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण देखिएको थियो ।

दाहालका अनुसार संस्थागत वा सामुदायिक विद्यालयलाई खोपकेन्द्र निर्धारण गरिनेछ । विद्यालय नभएका वा कम भएका वडामा बाह्य खोप केन्द्र हुनेछ । खोप अभियानमा १० हजार स्वास्थ्यकर्मी र १ लाख १२ हजार ८ सय ५८ स्वयंसेवकलाई परिचालन गर्ने तयारी छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।