हामीसँग जोडिनुहोस

भक्तपुरका सीडिओसहित सुरक्षा निकायबाट जिल्लाका मतदान केन्द्रको निरीक्षण

1 मिनेट

काठमाडौ, २१ चैत्र ।

आगमी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर र सुरक्षा निकायले संयुक्तरुपमा मतदान केन्द्रहरुको निरीक्षण गरिएको छ ।
निर्वाचन केन्द्रीत सुरक्षा रणनीति निर्माणका लागि भक्तपुर जिल्ला प्रशासनको नेतृत्वमा सुरक्षा निकायको संयुक्त टोलीले मतदान केन्द्रको निरीक्षण गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्व टोलीले जिल्लाको विकट मानिने सूर्यविनायक नगरपालिका—८ नैचाल भञ्ज्याङस्थित सरस्वती आधारभुत विद्यालय, वडा नंं ९ को काँक्राबारीस्थित सरस्वती माध्यामिक विद्यालय, वडा नं। ९ नंखेलस्थित श्रीराम आधारभुत विद्यालय र पुरानो गाविस भवन भुवनेश्वरी माध्यामिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको थियो ।

अनुगमन टोलीले मतदात केन्द्र निर्धारण गरिएका स्थानको भौतिक पुर्वाधार, अपाङ्गता तथा ज्येष्ठ नागरिक मैत्री र सम्भावित सुरक्षा खतरा अवस्था बारेमा अनुगमन गरिएको थियो । मतदान केन्द्रहरुमा शान्ति सुरक्षाका लागि अपनाइनु पर्ने सुरक्षा रणनीतिलाई मध्यनजर गर्दै प्रशासनको नेतृत्वमा मतदान केन्द्रको निरीक्षण गरिएको प्रजिअ शर्माले बताउनुभयो । निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला निर्वाचन अधिकारी, महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेना र नेपाल पत्रकार महासंघ भक्तपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भक्तपुर जिल्लामा रहेको ४ वटा नगरपालिकामा भक्तपुर नगरपालिकामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, मध्यपुर थिमि नगरपालिकामा १७ मतदानस्थल ४६ मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदानस्थल ५३ मतदान केन्द्र र सूर्यविनायक नगरपालिकामा २३ मतदानस्थलमा ५८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।