हामीसँग जोडिनुहोस

आज मुद्राको विनिमयदर कति ?

1 मिनेट

काठमाडौँ, २४ चैत्र ।
आज एक अमेरिकी डलरको खरिददर १२०।९२ रुपैयाँ र बिक्रीदर १२१।५२ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको बिक्रीदर १२१ रुपैयाँभन्दा माथि कायम भएको जनाएको हो । यसैगरी, एक यूरोको खरिददर १३१।८५ रुपैयाँ र बिक्रीदर १३२।५१ रुपैयाँ तथा स्र्टलिङ पाउण्डको खरिददर १५८।१५ रुपैयाँ र बिक्रीदर १५८।९४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९१।५५ रुपैयाँ र ९२ रुपैयाँ छ ।
यता सिंगापुर डलरको खरिददर ८८।८६ रुपैयाँ छ भने बिक्रीदर ८९।४० रुपैयाँ तथा १० जापानी येनको खरिददर ९।७६ रुपैयाँ कायम हुँदा बिक्रीदर ९।८० रुपैयाँ कायम छ । १९।०१ रुपैयाँमा खरिद भइरहेको चिनियाँ युवानको बिक्रीदर १९।१९ रुपैयाँ छ । यस्तै, ३२।२४ रुपैयाँ खरिद मूल्य तोकिएको साउद रियालको बिक्रीदर ३२।४० रुपैयाँ छ भने ३३।०९ रुपैयाँमा खरिद भइरहेको कतारी रियालको बिक्री मूल्य ३३।२६ रुपैयाँ छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिददर ३२।९२ रुपैयाँ हुँदा ३३।०९ रुपैयाँ बिक्रीदर तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यस्तै, मलेसियाको रिंगटको खरिद मूल्य २८।६९ रुपैयाँ र बिक्रीमूल्य २८।८३ रुपैयाँ छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।