काठमाडौँ, २४ चैत्र ।
म डराएकी चेली
मलाइ आजकाल त बन्द कोठा नै मन पर्छ किनकी
म कतै बाहिर निस्कदा म नै नरहने त हैन डर छ मलाई
मेरो यो कोमल शरीरमा फोहोरीको नजर त पर्ने होकि
डर नै डरमा म चेली थुनिन रुचाउने गर्छु बन्द कोठामा
म भखरी फुल्न लागेकी किशोरी छारि
म कति आफ्नै बाट लुतिने त हैन डर छ मलाइ
यदि म झाडिमा फालिन पर्यो भने आफ्नै बाट
मेरा आमा बा को जिउदो सपना भुतुक्कै मर्ने छ
त्यो अँध्यारो कोठाभित्र लुकिरहेकी म
मलाई न खोज्नु म मा हुन्न त्यो बखत
जुन बखत तिमी म मा म खोजी रहन्छौ
अनि म त्यही हुनेछु अधारो कोठा भित्र डराएकी चेली
– अविरल घिमिरे