हामीसँग जोडिनुहोस

किरण थापाको पहलमा माओवादी केन्द्र छाडेर एमालेमै फर्किए बालकोटमा युवाहरु

2 मिनेट

भक्तपुर, ५ बैशाख । दुई साता अगाडि सूर्यविनायक नगरपालिका–२ बालकोटमा एमाले युवा संघ छाडेर माओवादी केन्द्रको वाईसिएल प्रवेश गरेका अमृत सिलवाल तथा पुजन लामिछानेले २९ जना लिएर पुनः एमालेमा प्रवेश गरेका छन् । माओवादीको वाइसिएलमा प्रवेश गरेका अमृत सिलवाल तथा पुजन लामिछानेको नेतृत्वमा २९ जना वाइसिएलका नेता तथा कार्यकर्तालाई लिएर आज एमालेमा प्रवेश गरेका हुन् ।

एमालेको पार्टी सुदिृढिकरणमा निरन्तर लाग्दै बिभिन्न पार्टीबाट एमाले प्रवेश गराउन सफल एमालेका युवा नेता एवं सूर्यविनायक नगरपालिकाका वडा नं. ८ का वडाध्यक्ष किरण थापाको पहलमा सिलवाल र लामिछाने वाइसिएलका युवा नेताहरुसहित एमाले प्रवेश गरेका हुन् ।

सूर्यविनायक नगरपालिका–२ बालकोटको एमाले वडा कार्यलयमा आयोजित एक कार्यक्रममा नवप्रवेशीलाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, जिल्ला सदस्य तथा सूर्यविनायक नगरपालिकाका नगर प्रमुखका दाबेदार किरण थापा, उपप्रमुख जुना बस्नेत, सरिता भट्टराई, हिरामाया शेर्पालगायतले एमालेमा स्वागत गर्नुभएको थियो ।

एमाले प्रवेश गर्नेहरुमा अमृत सिलवाल, रोशन सिलवाल, सम्झना भण्डारी, दुर्गा खड्का, सरिता सिलवाल, विक्रम खड्का, निरज थापा, सुदेश श्रेष्ठ, सुदिप केसी, लविस श्रेष्ठ, शुसिल खनाल, विनित केसी, सुयक केसी, धिरेन्द्र रवल, सुगम रानाभाट, अनुराग यादव, निगय फुयाल, अभिषेक लामिछाने, कासिक केसी, दिनेश तामाङ, शुशान श्रेष्ठ, बसन्त खड्का, सुदिप खत्री, अर्पण भण्डारी, अभिषेक खड्का, निरञ्जन लुइटेल, प्रिन्स भण्डारी र रेजन भण्डारी एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा पुन एमाले प्रवेश गर्नु भएका अमृत सिलवालले आफुले अञ्जानमै माओवादी केन्द्र प्रवेश गर्नु भूल भएको भन्दै आफू बाल्यकालदेखि नै एमालेको मार्ग दर्शनमा हिडेकाले देशको मुहार फेर्ने, उज्यालो छर्ने किरण नै एमाले भएकाले अब बाटो नबिराई एमालेमा रहेर जिम्मेवारी निर्वाह गर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउवाले युवाहरुको भरपर्दो पार्टी भनेकै एमाले मात्रै रहेको चर्चा गर्दै एमालेमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिई मुलुकको विकास र समृद्धिमा जोड्ने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका एमालेको तर्फबाट नगर प्रमुखका दावेदार किरण थापाले अब पार्टीमा युवाहरुलाई अगाडि बढाउनु पर्ने बताउदै बाटो बिराएका युवाहरुलाई पार्टीमा फर्काएर सहि बाटोमा हिड्न आफूले अभिप्रेरित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “हामी युवाहरुको अभिभावक हौँ, त्यसैले युवाहरुलाई गालेलबद्ध गर्दै ३० गतेको निर्वाचनमा नगरपालिकामा एमालेलाई जिताउन जस्तोसुकै परिस्थितीको पनि सामना गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो । आफू निर्वाचित वडालाई एमालेको लालकिल्ला बनाउन सफल थापाले भक्तपुर जिल्लालाई नै एमालेको लालकिल्ला बनाउन अहोरात्र खटिने बताउनु भयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।