हामीसँग जोडिनुहोस

वरिष्ठ हास्य कलाकार श्रेष्ठको ‘एउटा सपना छ’ सार्वजनिक

1 मिनेट

काठमाण्डौ, बैशाख २०।
वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।
बुधवार श्रेष्ठको ७२औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भुमिकामा देखिएकी छन् ।
गीत बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गर्नुभएको हो ।
गीतकार तथा सङ्गीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ुएउटा सपना छु को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको हो । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताउनु भयो ।
त्यस्तै गीत हेरिसकेपछि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले मदनकृष्ण श्रेष्ठले हसाउने मात्रै भनेको सुने पनि गीत गाएर रुवाएको बताउनु भयो । उहाँले श्रेष्ठको गीत भावुक बनाउने र मर्मस्पर्शी रहेको बताउनुभयो ।
त्यस्तै अभिनेत्री आँचल शर्माले भिडियो र गीत उत्कृष्ट रहेको बताउनु भयो । उहाँले भिडियोको सम्पादन र क्वालिटी (गुणस्तर) पनि अत्यन्त उत्कृष्ट रहेको बताउनु भयो ।
कार्यक्रममा उपस्थित कलाकारहरुले वरिष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२औँ जन्मजयन्तीको शुभकामना व्यक्त गरेका थिए ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।