हामीसँग जोडिनुहोस

दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म के घर के डेराको छायांकन शुरु

दयाहाङ र विपीन पर्दामा एकसाथ देखिँदै

1 मिनेट

काठमाडौं,२३ बैशाख ।
दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म के घर के डेराको छायांकन शुरु भएको छ। शुक्रबार शुभमुहूर्त गर्दै औपचारिक रूपमा फिल्मको छायांकन शुरु गरिएको हो।
कमेडी जनरामा बन्ने फिल्ममा सामाजिक विषयवस्तु समेटिने बताइएको छ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। खनालको निर्देशनमा दयाहाङ र विपीन पहिलो पटक काम गर्न लागेका हुन्।
सिंगे लामाको कथा, महेश दवाडीको पटकथा रहेको फिल्म शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको संयुक्त लगानीमा बन्न लागेको हो। फिल्ममा काठमाडौंमा घर भएकाहरू र डेरामा बस्नेहरूको कथा रहने बताइएको छ। जसको सम्पूर्ण छायांकन काठमाडौंमै हुनेछ।
पशुपतिप्रसादु, धनपतिु, आमाु लगायतका फिल्म निर्देशन गरेका खनालको चिसो मान्छेु प्रदर्शनको तयारीमा रहेको छ। चिसो मान्छे आगामी असार पहिलो हप्ता प्रदर्शनमा आउँदै छ भने के घर के डेराु पनि यसै वर्षभित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टोली रहेको छ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।