हामीसँग जोडिनुहोस

४ दिनसम्म बढेको शेयर बजार आज साढे १८ अङ्कले घट्यो

1 मिनेट

काठमाडौं,२९ बैशाख ।
लगातार चार दिनसम्म बढेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेको छ ।
आज उत्पादन र अन्यबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो बुधवार दुई अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १० तथा तेह्रथुम पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।