हामीसँग जोडिनुहोस

मध्यपुरथिमि–२ मा कांग्रेस विजयी, भक्तपुर नपा–१ र ३ मा नेमकिपा विजयी

1 मिनेट

भक्तपुर, १ जेठ : मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले ९८८ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेको प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा भने नेकपा एमालेका रबिन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनु भएको छ । वडा सदस्यमा काग्रेसका शेखर थापामगर जियी हुनु भएको छ ।

अहिलेसम्म मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले २ हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छभने प्रतिद्धन्द्धी एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार ११३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपप्रमुख तर्फ नेकपा एमालेका उत्तरा नेपालले २ हजार ४७० मतका साथ अग्रता कायम राख्नु भएको छभने गठबन्धनबाट माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १ हजार ६५३ मत प्राप्त गर्नु भएको छ । मत गणना जारी रहेको मतगणना स्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिनु भयो ।

त्यसैगरि भक्तपुर नगरपालिका वडा नं. १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनु भएको छ । भक्तपुर नपा वडा नं. ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले २ हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नु भएको हो । मत गणना जारी रहेको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।