हामीसँग जोडिनुहोस

बुद्ध दर्शनको महत्त्व झनै बढेको छ : प्रधानमन्त्री देउवा

1 मिनेट

काठमाडौं, ०२ जेठ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताएका छन् । अहिले विश्वमा युद्धसमेत भइरहेको भन्दै अहिंसा र शान्तिको बुद्ध दर्शन अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताउनुभएको छ । आज बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा युद्ध चलिरहेको कारण बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले गौतमवुद्धले नेपाल र भारतलाई एक आपसमा भावनात्मकरूपमा जोडेको बताउनुभयो । भगवान् बुद्धका कारण नेपाल र भारत भावनात्मक र धार्मिकरूपमा एक आपसमा जोड्न सकिएको समेत देउवाले बताउनुभएको छ । गौतमबुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्त दिलाइरहेको समेत प्रधानमन्त्री देउवाले बताउनुभएको छ । प्रधानमन्त्री देउवाले भगवान् बुद्धको जन्मभूमि लुम्बिनीलाई पुजेर राख्न सरकार प्रतिबद्ध रहेको भन्दै विश्वशान्तिका लागि लुम्बिनीको संरक्षण गर्ने बताउनुभएको छ । नेपाल र भारतका तीर्थयात्रीहरूलाई जोड्न, मुक्तिनाथ, पशुपतिनाथ र लुम्बिनी फलदायी रहेको भन्दै बुद्ध दर्शनलाई चिनाउन नेपाल र भारतमा बुद्ध सर्किट बनाउन लागिपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले कोभिड १९, भूकम्प लगायतका कठिन समयमा भारतले गरेको सहयोगप्रति आभारसमेत प्रकट गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै लुम्बिनीमा पुगेका प्रधानमन्त्री देउवाले आपसी समझदारी र पारस्परिक सम्बन्धबाट दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुराउने समेत बताउनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।